Subscribe Us

डायरीको सेतो पानामा

प्रिय साथी तपाईको अटो डायरीको सेतो पानामा कालो मसिले रंगाउन पाउँदा अती नै खुशी भएको छु । किन कि समय र परिस्थितिले गर्दा जुन अवस्थामा छु त्यो सब बिर्सेर विगत लाई सस्मरण गराउन चाहन्छु । हामिले प्राथमिक स्कुलमा पढ्दा खेरी संगै खेल्ने, स्कुल जाने, घर आउने, फेरि गाउँमा संगै खेल्न जाने यो सब सम्झेर यस्यो लाग्छ कि हामी संगै छौं । बिस्तारै हामी ठुलो हुँदै गयो हाम्रो इच्छा आकांक्षा पनि बढ्दै गयो । के गर्ने संसार नै यस्तै छ । याद आउँछ ती दिनहरू संगै नाटक गरेको अनि संगै खेलहरू खेलेको यो सब सम्झदा यस्तो गाल्छ हामी संगै छौं, केवल पल भरको लागी मात्र बिछोडिएका छौं ।

 

डायरीको सेतो पानामा


तर हैन रहेछ समय र परिस्थितिले कतिखेर कहाँ जान्छ पत्तै हुँदैन । आज यो निस्ठुरी समयले गर्दा मेरो जीवनमा पनि यस्तै मोड ल्याइदिएको छ । तपाईहरु संगै पढ्न लेख्न घुम्न पाइरहरको छैन । म भगवान संग यहि प्रार्थाना गर्दछु कि कुनै साथी बिच यस्तो मोड नआओस जो कि संगै लेख्न पढ्न घुम्न बाट बन्चिट हुनु नपरोस । 


हामीहरू संगै हुदा विभिन्न क्रियाकलापहरु गर्यो जस्मा कहिले हाँसो खुशी कहिले मिलन बिछोड कहिले साथीत्व, कहिले दुस्मनि पनि हुनसक्छ । 




प्रिय साथी बिद्ध्यार्थी जिवनमा पनि अनेक किसिमका ज्ञानगुणका कुराहरू सिक्छौं । यो जीवन बाट हामी आफैले आफ्नो भबिष्यअन्धकार बाट उज्यालो तर्फ हाम्रो कर्तव्य हो । तर अहिले चलिरहेको जीवन बाट हामीले अार खानु हुँदैन भनिन्छ । विद्ध्या नै धन हो । "

वास्तवमा हामीले पढेर नै सबै थोक गर्न सक्छौं । मेहनत र लगनसिलताले नै हाम्रो भविस्य खुशी हुन सक्छ । पढाइ प्रति दुख गर्नु नै यहि उमेर हो ।



प्रिय साथी समय परिस्थितिले अभागी जिवनमा एक न एक दिन बाध्यताले बिछोड भएर जानू पर्छ । मिलन पछि बिछोड, विछोड पछि मिलन यो त प्रकितिको नियम रहेछ । वास्टवमा जीवन भनेको त एउटा मिलन विछोडको पातो रहेछ । सुरुमा मान्छेमा जति नै मिलन भए पनि आखिरमा बिछोड त यो जिवनमा आइनै रहन्छ । 





तिमी कमल बनेर फुलिदिनु पानिको बिचमा तलाउ सजाउने गरि । 

म कलम बनेर लेखी दिन्छु अतितका शब्दहरू साथीलाई सम्झने गरि ।



प्रिय साथी बधाई छ तपाईको जिन्दगीलाई, जिन्दगीको गोरेतो मा हजारौं मोड भए पनि । मिठा मिठा मोडहरु संग बाँधिएर जिवनलाई सजाउनु पर्दो रहेछ । प्रिय साथी मानिसमा जति नै मिलन भए पनि समय र परिस्थितिले गर्दा आँखा भरी आँशु, मुटु भरि माया धड्कनमा आगोको ज्वालाहरू दन्काउँदै बिछोडको गोरेतो मा हिडनु पर्दो रहेछ । 



प्रिय साथी मानिसको जीवन यस्तो रहेछ ! बगिरहेको पानी, घाम भिसन वर्षा आंधी बेहरी संग यु्द्ध गरेर पनि बाँच्नु पर्ने । बिवसताको गोरतो भरिको अभिवादन कहिल्यै नमोडिन अधुरो माया तपाईंलाई यहि तपाईको  जीवन रुपि अटोमा मिलनका भावहरु पोखिरहे छु ।




प्रिय साथी तपाईको अटो मा यो निस्ठुरी डत्पेनको सहाराले हामी बिचको यादहरू सुम्पिदै बगेको पानी संग मनका रहरवहरु पोख्दै कांडाले बेरियको शिसिर जीन्दगीलाई मदन गर्मि महिनाको रितु परिवर्तन गर्दै यो तपाईको अटोमा सम्झना रुपि कोसेलिहरू कोर्दैछु । जीन्दगीको गोरेतोमा मोतिका दाना झैं आँशुका ढिक्का हरु खसाल्दै तपाईको सुरिलो बोलिलाई छहारी दिदै मुटुका पर्दामा आँशुका थोपाले बेदनाहरु कोरिरहेको छु । 


प्रिय साथी जिन्दगीको गोरेतो मा हजारौं सामना गर्नु पर्दो रहेछ । कहिले हाँसो खुशी दु:ख त कहिले मिलन बिछोड हुनु प्रकितिको नियम रहेछ । जन्मि सकेपछि मर्नु पनि पर्दो रहे छ । जीवन भनेको यस्तो रहेछ । सुख दुख मिलन बिछोड सबैको संघर्सलाई जिन्दगी भनिदो रहेछ । मलाई लाग्छ कसैलाई कसैलाई थाहा छैन जिन्दगीको थकाई लाग्दो गोरेतो काहाँ गएर अन्त्य हुन्छ । 



जीन्दगी तपाईको हाँसोमा बितोस 

मेरो जीवन अंन्धकारमा बिते पनि ।

जिन्दगी तपाईको सुखमा बितोस 

मेरो जिन्दगी दुखमा बिते पनि ।


म हजुरको साथी 

एक टिप्पणी भेजें

0 टिप्पणियाँ