सर्वप्रथम त नमस्ते अनि हृदय देखिनै अबिरल माया र छोटो जिन्दगीको लामो सम्झना अनि लाखौ लाख शुभकामना सम्पुर्णमा !
पाठक साथी मित्र खास कुनै महगो उत्कृस्ट शब्द नभएपनि सम्बोधन गर्न उहीँ पुरानो खिया लाग्न लागेको शब्दहरु अाज फेरि मोबाईलको स्क्रिनमा आँउलाको माध्यम बाट मुतुभित्र घच्घच्याईरहेका भावनालाई प्रस्फुतित गर्दछु ।
साथी सायड मानव जिन्दगी भनेकै यस्तै होला कहिले हाँसो खुशि आनन्द र रमाइलो गर्दै साथी भाइहरु संग समय बिताइन्छ तर एक दिन बछोड् भएपछि ती सबै पलहरु केवल सम्झना मा समुन्द्रका छाल जस्तै मछारिछन् । र उहीँ समझ्ना बाट मनका भवनाहरु कहानिको रुपमा परिवर्तन हुन्छ । जिवनका तिटामिठा कुरा र हाँसे खेलेका पल सबै लेख्न र सुनाउन मन लाग्छ । यो समयमा यस्तो लाग्छ कि जिन्दगी यहि हो । तर जिन्दगिमा कहिले अचानक आँशुको वर्षा हुनपुग्छ हुन्छ । यो समय यस्तो लाग्छ कि जिन्दगी बेर्थ हो ।
तर मित्र जब जीवन मा दु:क नभएको भए सु:खको केही महत्वने हुने ठिएन किन कि दु:ख को समय गएपछि आनन्दको महसुस हुन्छ । दु:ख ले नै असंख्य ठुला कामहरु सफल तुल्याउने आँट लयाइदिन्छ । जब दु:ख आउँछ त्यस पछि सु:ख आउने निस्चिट छ ।
जसरी कहिले छायाँ त कहिले कहिले घामको चक्र चलिरहन्छ त्यसरी नै जिवनमा पनि सबै कुराको चक्र चलिरहन्छ । हामी सोच्छौं संधै भरि सफल्टा मिलोस दु:ख नआओस, आँशु झार्न नपरोस तर यो सब हाम्रो चहना मात्र हो । हाम्रो सोचे जस्तो हुँदैन तथापि यो कथोर जिन्दगीको यात्रामा जसरि तसरी बाङ्गा तिङ्गा बाटाहरुमा बिस्तारै बिस्टारै आफ्नो पाईला बढाउनुपर्छ ।
दु:ख अंगालो मा बाधेर हिंड्नुपर्दोरहेछ । कहिले शिखर तर्फ लम्किएका पाइलाहरू चट्टानमा पनि ठोक्किन पुग्छन् । त्यसबेला आफुलाई सन्टवाना दिदै बस्न विवस भइन्छ जिन्दगीको यात्रा भनौकि प्रकितिको नियम भनु मानव जन्म लिएर आएपछि अनेकौ घटना र परिस्थितिको सामना गर्नुपर्दो रहर छ । कहि उज्यालो त कहि अध्यारो अनि कतै शुशीको बहार त कतै दु:ख र वेदनाको झरी ती सबैलाई एकसाथ संहदै समना गर्दै अगादि बढनुपर्ने जिन्दगीको बादद्यता रहेछ ।
- विवस
0 टिप्पणियाँ